You are viewing the translated version of प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति.

Section 17
प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति
(१) सञ्चालक समितिको अध्यक्षको सामान्य निर्देशन तथा नियन्त्रणमा रही सार्वजनिक सेवा प्रसारण संस्थाको दैनिक प्रशासकीय कार्य सञ्चालन गर्नका लागि एक प्रमुख प्रशासकीय अधिकृत रहनेछ। (२) सञ्चालक समितिले सार्वजनिक सेवा प्रसारण संस्थाको प्रमुख प्रशासकीय अधिकृत पदको निकटतम तल्लो पदमा कार्यरत रहेका र बढुवा हुनको लागि योग्यता पुगेका वरिष्ठ कर्मचारीमध्येबाट प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्नेछ।

(३) प्रमुख प्रशासकीय अधिकृतको पदावधि निज नियुक्त हुँदाको बखत कायम रहेको सेवा, सुविधा र सर्त सम्बन्धी कानूनमा उल्लिखित अनिवार्य अवकाश: हुने अधिकतम उमेरको हदभन्दा बढी नहुने गरी बढीमा चार वर्षको हुनेछ।